काठमाडौँ – बाँकेमा चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँकेको राप्ती रोनारी गाउँपालिका–९ ढकेरी बस्ने ३५ बर्षीय हिराबहादुर बिक, सुर्खेतको पञ्चपुरी नगरपालिका–७ का २४ वर्षीय रमेश वयक र सोही स्थानका २८ वर्षीय बसन्त जिसी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
पक्राउ पर्नेहरूसँगै एकथान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी बरामद गरिएको छ ।
तपाइँको प्रतिक्रीया