२०८२ असार २ सोमबार

राशिफल

पनामा सिटीको नाइटक्लबमा गोली हानाहान हुँदा पाँच जनाको मृत्यु

पनामा सिटीको एक नाइटक्लबमा स्थानीय गिरोहहरूबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

पनामाका राष्ट्रिय प्रहरी आयुक्त रिकोर्टे डे ला एस्पाडाले ट्वीटरमा उल्लेख गरेअनुसार आज बिहान एस्पेसियो पानामा नाइट क्लबमा दुर्भाग्यपूर्ण घटनाहरू भएका थिए, जसमा पाँच व्यक्तिको मृत्यु भएको थियो र छ जना घाइते भएका थिए। घटनाहरू आपराधिक गिरोहहरू बीचको भिडन्तको परिणाम भएको जनाइएको छ ।