काठमाडौँ – कञ्चनपुरबाट ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१६ परखेडी घर भएका ५० वर्षीय करन सिंहलाई ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
करनले मादक पदार्थ खाएर ती बालिकालाई उनकै घरमा बलात्कार गरेको आरोप लागेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रीया