काठमाडौँ – प्रदेश – १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।
सोमबार प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने र आजै मतदान हुने कार्यसूची रहेको थियो । तर उहाँले प्रस्ताव पेस गर्नुअघि नै राजीनामा दिने तयारी भइरहेको हो ।
उहाँले राजीनामा दिनुअघि सरकारले गरेका कामका बारेमा जानकारी गराउने पनि बताइएको छ । सरकारको नेतृत्व गर्ने दल विभाजन भएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानीक व्यवस्था छ । सो अनुसार नै उहाँले विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर विश्वासको मत पाउने आधार नपाएपछि उहाँले राजीनामा दिने तयारी भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
९२ सदस्य रहेको प्रदेश(१ सभामा सभामुखसहित ४२ सांसद रहेका छन् । एमालेलाई बहुमत पुर्याउन ४७ सांसद चाहिन्छ ।
तपाइँको प्रतिक्रीया