२०८२ असार १२ बिहीबार

राशिफल

खाङतेगा हिमाल आरोहण गर्न गएका ३ जना फ्रान्सेली बेपत्ता

काठमाडौँ – यहाँस्थित खाङतेगा हिमाल आरोहण गर्न गएका ३ जना फ्रान्सेली नागरिक बेपत्ता भएका छन् ।

आरोहण टोलीमा रहेका ८ जना फ्रान्सेलीमध्ये ३ जना आरोहणका क्रममा बेपत्ता भएका छन् भने ५ जना सम्पर्कमा आएका छन् ।

काठमाडौँमा रहेको पर्यटन कम्पनी होलिडे हिमालयन एक्सपीडीसनबाट ८ जनाले खाङ्तेगा र चोलात्से हिमाल आरोहण गर्नका लागि अनुमति लिएका थिए । तर आरोहणका क्रममा ३ जना बेपत्ता भएपछि उक्त कम्पनी र नेपालस्थित फ्रान्सेली दूतावासले खोजी कार्य थालेका छन् ।