२०८२ जेठ २८ मङ्गलबार

राशिफल

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौँ – आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७ दशमलव ७५ अंकले घटेर २ हजार ८ सय १९ दशमलव ८६ अंकमा झरेको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८८ अंकले घटेको छ । दिनभर भएका ८० हजार ३ सय ५१ कारोबारबाट २२६ कम्पनीका १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबार रकम ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ रुपैयाँमा रोकिएको छ । सोमबार समग्रमा बजार घटेपनि बैंक, होटल तथा पर्यटन र लगानी समूहमा रहेका कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।