२०८२ असार १२ बिहीबार

राशिफल

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ – रुपन्देहीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार तिलोत्तमाको शंकरनगरमा लु २ ख २२१६ नम्बरको टिपरले ठक्कर दिंदा तिलोत्तमा – ३ सिता राइसमिल नजिकै बस्दै आएकी ७८ वर्षीया प्रेमकुमारी आचार्यको आज बिहान मृत्यु भएको हो ।

शंकरनगरस्थित सिद्धार्थ राजमार्गको जेब्रा क्रसिङबाट सडक पार गर्दै गरेकी आचार्यलाई ठक्कर दिएर टिपर फरार भएको र टिपर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।