काठमाडौँ – शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ७६ अङ्कले बढेर दुई हजार आठ सय ४३ दशमलव ६२ विन्दुमा पुगेको छ ।
आज बैंक, व्यापार र लगानीबाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । बीमा, विकास बैंक, होटल र अन्य समूहको शेयर उच्च अङ्कले बढेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ९९ लाख ७७ हजार कित्ता शेयर ६ अर्ब सात करोड रुपैयाँमा किनबेच भएका छन् ।
आज साहस ऊर्जा कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।
तपाइँको प्रतिक्रीया