काठमाडौँ – आज नेप्से पाँच दशमलव २२ अङ्कले बढेर दुई हजार आठ सय ४८ दशमलव ८४ विन्दुमा पुगेको छ ।
बुधबार बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन र अन्य समूहको शेयर सामान्य वृद्धि भएको छ । तर बीमा, लगानी, होटल र व्यापार समूहको शेयर भने ओरालो लागेको छ ।
आज दुई सय २९ कम्पनीका ९९ लाख ९५ हजार कित्ता शेयर ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँमा कारोबार भएका छन् । नबिल बैंकको एक अर्ब १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
तपाइँको प्रतिक्रीया