२०८२ असार १२ बिहीबार

राशिफल

थप ४ सय ४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९१३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०८ हजार ५५४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ ।