२०८२ जेठ २१ मङ्गलबार

राशिफल

दिपावलीको अवसरमा प्रभावन र श्यामको ‘आँशुको धारा’ सार्वजनिक

काठमाडौँ – हिन्दुहरुको दोश्रो महान चाड दिपावलीलाई सांगीतिक चाड पनि भन्ने गरिन्छ। दिपावलीको अवसर पारेर देउसी भैलो तथा तिहार बिसेश गीतहरु सार्वजनिक हुने क्रममा गायक प्रभावन जे र श्याम धितालको स्वरमा रहेको गीत सार्वजनिक गरिएको छ।

‘आँशुको धारा’बोलको मार्मिक गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जे को संगीत रहेको छ।

साजन पराजुलीको निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन तथा कृष्ण गौतमको सम्पादन रहेको छ।

विदेशमा रहेको टुहुरा दाजु र गाउँमा रहेकी टुहुरी बहिनीको भेट हुन नपाएको कथा बोल्ने भिडियोमा साजन पराजुली,अस्मि थापा र बाल कलाकार स्नेहा चालिसे र युग पौडेलको अभिनय रहेको छ। भिडियो डिएआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।