२०८२ असार १२ बिहीबार

राशिफल

थप ३ सय ५६ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३८४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०८ हजार ९१० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ ।