काठमाडौँ – दीपावलीका क्रममा ठाउँठाउँमा आगलागी भएको छ ।
काठमाडौँ उपत्यकाका अनामनगर, इन्द्रचोक, कौशलटार लगायतका ठाउँमा आगो लागेको छ । आगलागीबाट अनामनगरमा सबैभन्दा धेरै क्षति भएको छ ।
अनामनगरमा गोरखाकी पुष्पाञ्जलि भिन्तुनाले सञ्चालन गरेको फर्निचर पसलमा आगलागी हुँदा ५५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
हिजो बेलुका पौने ८ बजे लागेको आगो एक घण्टा पछि प्रहरीले निभाइएको थियो । आगलागीबाट सँगै रहेको अर्को कस्मेटिक पसल पनि जलेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया