काठमाडौँ – थप १ सय ८३ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १४ हजार २ सय ८९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ४ सय १३ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ६ सय ४९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९४ हजार ४ सय ३८ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३८ जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया