काठमाडौँ – देशकै प्रमुख पर्यटकीय नगर पोखरा जाने यात्रुको चाप बढेपछि यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले पनि नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको छ ।
यसअघिबाटै बुद्ध एअरले नियमित उडान गरिरहेको भएपनि यात्रुको संख्या बढेपछि तारा एअरले पनि साताको तीन दिन उडान गर्नेगरी शुक्रवारबाट नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको हो ।
भारतीय पर्यटकको आगमन बढेकाले तारा एअरले आइतबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन चार्टर उडान शुरु गरेको छ ।
कम्पनीसँग भएको जहाज उपयोगका लागि कम्पनीले सो उडान सुरु गर्न लागेको जनाईए पनि चाडपर्वको बेला पर्यटकको चाप बढेकाले सो उडान शुरु गरिएको बताइएको छ ।
तपाइँको प्रतिक्रीया