काठमाडौँ – बसको छतबाट खसेर घाइते भएका सल्यानका एक ब्यक्तिको दाङमा उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नं। ३ का ३४ वर्षीय रविन्द्र बोहोरा बिहीबार बेलुका ६ बजेतिर समान झार्ने क्रममा बसको छतबाट खसेर गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राति ११स्२० बजे मृत्यु भएको हो । सल्यानको श्रीनगरबाट तिहारको लागि किनमेल गरेर गएका बोहोरा घरमा पुगेपछि सामान झार्ने छतमा चढेको समयमा त्यहीँबाट लड्न पुगेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया