२०८२ असार १२ बिहीबार

राशिफल

३१ जुवाडे पक्राउ

काठमाडौँ – कपिलवस्तुमा जुवा खेल्दै गरेका ३१ जना पक्राउ परेका छन् ।

जिल्लाको दुई ठाउँबाटा ६ लाख बढी नगदसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका – १ बैरियास्थित किशोरजङ्ग पुनको घरबाट १९ जना र वडा नंं २ को लेकबेसी होटेलबाट १२ पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले गएराति दुई स्थानका जुवा खालबाट ६ लाख १९ हजार १२७ रुपैयाँ नगदसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।