२०८२ असार १२ बिहीबार

राशिफल

दाङ जाँदै गरेको बस सल्यानमा दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौँ – दाङ जाँदै गरेको बस सल्यानमा दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका – ५ स्थित खारखोलामा दुर्घटना भएको हो ।

बस सडकबाट २०० मिटर तल खसेको छ । दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि सल्यानकै श्रीनगर लिइएको छ ।