२०८२ असार १२ बिहीबार

राशिफल

जंगली हात्तीको आक्रमणबाट एकको ज्यान गयो

काठमाडौँ – चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार राति ८ बजेको समयमा कृष्ण लामा, सागर लामा र अर्का साथी शक्ती गुरुङ राप्तीको ड्याम साइडमा घुम्न गएको समयमा जंगली हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणबाट कृष्ण लामा सामान्य घाइते र गुरुङ भाग्न सफल भएका थिए भने सागर लामा बेपत्ता भएका थिए । सागर लामालाई खोजतलास गर्ने क्रममा आज बिहान ७ बजेर ५० मिनेटको समयमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ खयरघारीस्थित लोथर खोलाको पारी पट्टि मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।