२०८२ असार १२ बिहीबार

राशिफल

जीप दुर्घटनामा एकको घटनास्थलमै मृत्यु, ११ जाना घाइते

काठमाडौँ – सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जाना घाइते भएका छन ।

इलाका प्रहरी कार्यालय हंसपुरका अनुसार आज बिहान बबई गाउँपालिका तर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जीप दुर्घटनामा परि सल्यानको कालीमाटी गाउँपालिका वडा नं। ३ का गाडी धनि अन्दाजी ४० बर्षीय देबबकादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा थप ११ जना घाइते भएका छन् । त्यसमध्ये दुई जना बालबालिकाको अवस्था गम्भीर रहेको छ । चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।