काठमाडौँ – पुस २ गते अर्थात डिसेम्बर १७ मा फिल्म ‘चपली हाइट ३’ प्रदर्शनमा आउने भएको छ । निर्माता अर्जुन कुमारले फिल्म पुस २ मा प्रदर्शन गर्न लागिएको जानकारी दिए ।
यस अगाडि २०७६ साल चैत्र २७ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म कोरोना महामारीका कारण लकडाउन भएपछि प्रदर्शन स्थागित भएको थियो ।
निकेश खड्काको निर्देशन रहेको सस्पेन्स, थ्रिलर कथामा बनेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।
तपाइँको प्रतिक्रीया