२०८२ असार १२ बिहीबार

राशिफल

‘सर्वोच्चको विवाद सुल्झाउने तयारीमा सरकार’

जनकपुरधाम – गृहमन्त्री बालकृष्ण खाँडले न्यायालय (सर्वोच्च अदालत)मा बल्झिएको विवाद सुल्झाउने तयारीमा सरकार रहेको बताएका छन् ।

सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै गृहमन्त्री खाँडले सरकारमा सहभागी दलहरुले उचित निर्णय गरेर न्यायालयको विवाद सुल्झाउने तयारी भइरहेको बताएका हुन् ।

उनले न्यायालयको विवाद छिट्रटै सुल्झियोस् भन्ने सरकारको चाहना रहेको बताउँदै भने, ‘न्यायालयको विवाद संवेदनशील र गम्भीर छ । यसले धेरै कुरालाई प्रभावित बनाएको छ । छिट्टै सुल्झाउने तयारीमा सरकार लागेको छ ।’

उनले सरकारका प्रमुख अंग न्यायापालिका, कार्यपालिका र व्यवस्थापिकामा अहिले केही गतिरोध देखिएकोले यसको समाधान खोजिने बताए ।