२०८२ असार १२ बिहीबार

राशिफल

मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

काठमाडौँ – वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत मागेका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका हुन् ।

मन्त्री पाण्डेले प्रदेशसभामा रहेका सबै दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीलाई आग्रह गरेका छन् ।

विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले ‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको, वागमती प्रदेशको प्रगति र विकासको कामलाई अगाडि बढाउने उनले प्रतिवद्धता रहेको भन्दै विश्वासको मत दिनको लागि माग गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेतासमेत रहेका पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।