काठमाडौँ – स्रोत नखुलेको २० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
वीरगन्ज महानगरपालिका–८, घण्टाघरबाट स्रोत नखुलेको उक्त रकमसहित बाराको विश्रामपुर गाउँपालिका–५, नकटुवा बस्ने ३१ वर्षीय चन्दनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना४८प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
तपाइँको प्रतिक्रीया