काठमाडौँ – आज नेप्से ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार गत सोमबार यस्तो सूचक १९.२० अंकले घटेर २८ सय २९ दशमलव ६४ विन्दुमा अडिएको थियो ।
नेप्सेका अनुसार आज एक करोड १९ लाख कित्ता माथि सेयर बजारमा एक लाख भन्दा बढी पटक किनबेच हुँदा कुल ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । गत सोमबार १९ अंकले घटेको बजारमा ४ अर्ब ४२ करोडको कारोबार भएको थियो ।
तपाइँको प्रतिक्रीया