२०८२ असार १२ बिहीबार

राशिफल

ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु , १५ जना घाइते

काठमाडौँ – हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

गएराति साढे १२ बजे जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडाका लागि छुटेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक ठोक्किएर दुर्घटना हुदा दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु भएका उनीहरुको परिचय भने खुलेको छैन । घाइते भएका १५ जनाको हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक पनि घाइते छन् । प्रहरी निगरानीमा उनको उपचार भइरहेको छ ।