२०८२ असार १५ आइतबार

राशिफल

प्रधानसेनापति शर्माले भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान पाए

काठमाडौँ – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान पाएका छन् ।

आज भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शर्मालाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेपाली सेनाको नेतृत्व सम्हालेयता यो शर्माको पहिलो विदेश भ्रमण हो । मंगलबार दिल्ली पुगेका शर्माले भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतलाई भेट्ने कार्यक्रम पनि छ । भ्रमणका क्रममा उनले भारतका केही राजनीतिज्ञसँग पनि भेटवार्ता गर्नेछन् ।