२०८२ असार १५ आइतबार

राशिफल

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौँ – श्रीमतीको हत्या गरेको आरोपमा धनुषामा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबैला नगरपालिका – ३ का ३५ वर्षीय लालबाबु साफी छन् । साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप छ । लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ ।

योही कात्तिक ८ गते राति अजमेरी घरमा मृत फेला परेकी थिइन् । आलमले छोरीको हत्या लालबाबुले गरेको किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।