२०८२ असार १५ आइतबार

राशिफल

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ – ललितपुरको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आज बिहान ना ६ ख १९३३ नम्बरको ट्रकको ठक्करबाट बा ३१ प ७५४ नम्बरको स्कुटरका चालक काभ्रेका २१ वर्षका सोप्निल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका लामालाई उपचारका लागि पुर्याएलगत्तै बीएण्डबी अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

ट्रकका चालकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।