२०८२ असार १५ आइतबार

राशिफल

थप ३ सय ९७ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।