२०८२ असार १५ आइतबार

राशिफल

थप २ सय ९५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ११ हजार ७४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ ।