२०८२ असार १५ आइतबार

राशिफल

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ – बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बाराको कोहल्वी तामागढी सिम्रौनगढ सडक खण्डमा ३ जना सवार ना ४३ प ८०२३ नम्बरको मोटरसाइकल दुर्घटना हुदा कोहल्वी १ बस्ने २० वर्षीय सागर चौधरी र सोही ठाउँका १९ वर्षीय सुशील चौधरीको मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा मोटरसाइकलमा सवार कोल्हवी ९ का २५ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका छन । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ ।