काठमाडौँ – यूरोपेली मुलुक अष्ट्रियामा कोभिड–१९ को संक्रमण बढेसँगै पूर्ण मात्रा खोप नलगाएका करिब २० लाख मानिसहरूका लागि लकडाउन गरिएको छ ।
“हामीले यस कदमलाई हल्का रूपमा लिएका छैनौँ, तर दुर्भाग्यवश यो आवश्यक छ”, चान्सलर एलेक्जेन्डर शालेनबर्गले बताए । खोप नलगाएका मानिसहरूलाई काममा जाने या खानेकुरा किन्ने जस्ता सीमित कारणहरूको लागि मात्र घरबाहिर निस्कन अनुमति दिइएको छ ।
अष्ट्रियाको ६५ प्रतिशत जनसंख्याले पूर्ण मात्रा खोप लगाएका छन् । जुन पश्चिम यूरोपको एकदमै कम दरमध्ये एक हो । यसैबीच, सात दिनको संक्रमण दर प्रति १ लाखमा ८ सय भन्दा बढी रहेको छ, जुन यूरोपको उच्च संक्रमण दर मध्येको एक हो ।
तपाइँको प्रतिक्रीया