२०८२ असार १५ आइतबार

राशिफल

हुण्डी कारोबारमा संलग्न एक व्यक्ति पक्राउ

काठमाडौँ – हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिकाका २५ वर्षीय अमर नारायण दासलाई नगद १६ लाख २० हजार ९ सय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धानका लागी राजश्व विभाग पुल्चोक, ललितपुर पठाइएको छ ।