२०८२ असार १५ आइतबार

राशिफल

जिपको ठक्करबाट एकको मृत्यु

काठमाडौ – पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९, मा गए राति जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना३च ११९३ नम्बरको बोलेरो जिपले विपरीत दिशाबाट गइरहेको ना३४प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो ।

मकवानपुरको कैलाश गाउँपालिका–४, कालिकाटारका २४ वर्षीय अबिरल रिजालको मृत्यु भएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । रिजालको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस