२०८२ असार १५ आइतबार

राशिफल

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुद्वारा धर्ना

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आज पनि कानुन व्यवसायीहरुले धर्ना दिएका छन् ।

नेपाल बार एसोसिएसनको अगुवाइमा कात्तिक पहिलो सातादेखि आन्दोलनरत कानुन व्यवसायीहरु धर्नालाई आज पनि निरन्तरता दिएका हुन् ।

प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशरुले पनि इजलास बाहिष्कार गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताउँदै आन्दोलनरत पक्षलाई संवादमा आउन आह्वान गरेका छन् भने नेपाल बारले प्रधानन्यायाधीशसँग कुनै वार्ता नगर्ने भन्दै राजीनामा माग गर्दै आएको छ ।