काठमाडौँ – एक– दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वास व्यक्त गरेका छन् ।
बुधबार महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको बताए । दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको बताए ।
तपाइँको प्रतिक्रीया