२०८२ असार १५ आइतबार

राशिफल

कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ

काठमाडौँ – १ थान कटुवा पेस्तोलसहित तिलोत्तमा नगरपालिका – १४ दुर्गानगरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचनाका आधारमा तिलोत्तमा नगरपालिका – १४ बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।