२०८२ असार १६ सोमबार

राशिफल

थप २ सय ९९ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १५१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ ।