बिहीबार भारत र चीन बीच सीमा विवादमा वार्ता हुँदैछ। गत वर्ष गलवान झडप पछि धेरै चरणको सैन्य र कूटनीतिक वार्ता गतिरोधमा समाप्त भएको थियो।
दुई देश बीच कतिपय सीमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ । देपसाङ र हट स्प्रिङसमा विवाद कायमै छ ।
कडोर जाडोको समयमा पनि पूर्वी लद्दाखको प्रत्येक छेउमा सेनाको विशाल निर्माण कार्य जारी रहनाले तत्काल द्वन्द्व समाधान हन नसक्नेतिर सङ्केत गरेको छ । भारत–चीन सीमा मामिलासम्बन्धी परामर्श र समन्वयका लागि कार्य संयन्त्र (WMCC) अन्तर्गत आज २३औँ चरणको भारत–चीन सीमा वार्ता हुँदैछ । भारत र चीनबीचको अन्तिम सम्पर्क यस वर्ष अक्टोबरमा कोर्प्स कमाण्डर स्तरमा भएको सैन्य वार्ता थियो। यो १३ औं चरणको वार्ता थियो ।
भारतले द्विपक्षीय सम्बन्धमा कुनै पनि प्रगति गर्न पूर्ण विच्छेदन आवश्यक रहेको पनि बताएको छ ।
तपाइँको प्रतिक्रीया