२०८२ असार १६ सोमबार

राशिफल

आज डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा मेला

डडेल्धुरा – सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला (देहीजाँत) आज शुक्रबार लाग्दैछ। बिहीबार राती (रतेडी) र आज दिउँसो (दिउसेडी) लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।

बिहानको पूजापछि दिउँसो भगवती माताको गाँज मन्दिर लगायत सयौं एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ। बिहान चार वटै गाउँको भ्राणबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पाँच बजेपछि पुन: चार वटै गाउँको भ्राणमा लगेपछि मेला सम्पन्न हुन्छ।

उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तजन सँगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात छ। मेलामा हराउँदै गएका अन्नवाली फाँपर, भिमुर, तिमुर, तिल लगातय अदुवा, बेसार, चुक, मह, ध्यू, सुन्तला, मौसमी, केरा लगायत स्थानीय स्तरमा उत्पादित विभिन्न चिज वस्तु संगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग तरकारी प्याजको बेर्नाको राम्रो व्यापार हुन्छ।