काठमाडौँ – काठमाडौँको माइतीघरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई पल्टिदा मोटरसाइकलमा पछाडि सवार काभ्रेपलाञ्चोक घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा मृत्यु भएको जनाइएको छ । मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
तपाइँको प्रतिक्रीया