काठमाडौँ – शुक्रबार देशभरको मौसमी बदली भएको छ । मुलुकका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ भने केही भूभागमा वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अरब सागरमा बनेको निम्न चापीय प्रभावका कारण हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान बनेको हो ।
मौसम बदलीसगै देशका अधिकांश भूभागहरुमा चिसोको मात्रा बढ्ने र तुँवालोले गर्दा वायुको गुणस्तर समेत खस्किने बताइएको छ ।
तपाइँको प्रतिक्रीया