काठमाडौँ – सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका – ५ बस्ने ६५ वर्षीय उदय पराजुलीलाई प्रहरीले पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतको २०६० माघ २१ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद र ५० रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका उनलाई सर्वोच्च अदालत निर्देशानालयद्धारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
तपाइँको प्रतिक्रीया