२०८२ असार १६ सोमबार

राशिफल

गाडीको टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकको ज्यान गयो

काठमाडौँ – रौतहटको कटहरियामा गाडीको टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार कटहरीया नगरपालिका–५ मा बहादुरपुर टोल रहेको मोटर ग्यारेजमा टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा स्थानीय समसुल मियाँको मृत्यु भएको छ । ग्यारेज सञ्चालक रहेका मियाँको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सो विष्फोटमा परी स्थानिय जैसी यादव घाइते भएका छन् । ट्या‌की विष्फोट हुँदा फलामको टुक्रा उछिट्टिएर यादवको दाहिने हातमा लागेको छ । विष्फोटले गर्दा ठूलो आवाज आएको र ट्यांकीका टुक्राहरु टाढासम्म छरिएको छ भने उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।