२०८२ असार १६ सोमबार

राशिफल

अध्यक्ष दाहाल र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटघाट

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ ।

सिंहदरवारमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) बारे छिटो निर्णयमा पुग्न आग्रह गर्दै सम्झौताको समयसीमा सम्झाएको बताइएको छ । अमेरिकी पक्षले अनुदान सहयोग लिने वा नलिने बारेमा नेपाल छिट्टै निर्णयमा पुग्नुपर्नेमा जोड दिएको बताइएको छ । जवाफमा प्रचण्डले यसबारे राष्ट्रिय सहमति बनाएर निर्णय गर्ने जवाफ दिनुभयो ।

जवाफमा प्रचण्डले अमेरिकी सहयोग लिन्नौं भन्ने आफ्नो धारणा नभए पनि एमसीसीमा उल्लेखित केही प्रावधान नेपालमा विवादको विषय बनेको बताउनुभएको स्रोतले जनाएको छ । प्रचण्डले एमसीसीबारे सबै पक्षको एउटा साझा समझदारी बनाउने प्रयास भइरहेको अध्यक्ष प्रचण्डले बतानुभयो ।