काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स पठाउने तयारी भएको जानकारी दिएका छन् ।
उनले नेपालमा बेरोजगार अवस्थामा रहेका स्टाफ नर्स पठाउनका लागि सम्झौताको तयारी गरिरहेको जानकारी दिए। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले बेलायतजस्ता अन्य आकर्षण सुरक्षित गन्तव्य देशको पनि खोजी गरिरहेको जानकारी दिए ।
उनले भने, नेपालीका लागि आकर्षण कमाइ पनि हुने र सुरक्षित श्रम गन्तव्य मुलुकसँग हामी श्रम सम्झौता गरेर श्रमिक पठाउने खोजिरहेका छौँ ।
श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिरहेको जानकारी दिए। बेलायतको सन्दर्भमा नेपाली नर्स पठाउनका लागि श्रमिक मैत्री सम्झौता गर्ने विषयमा सम्बन्धित सरोकारवालासँग छलफल गरिरहेको र यसमा छिट्टै टुुङ्गो लाग्ने उनको भनाइ छ । आजको दैनिकमा खबर छ ।
सचिव गौतमले यसअघि सम्झौता भएका तर समय सकिएका मुुलुकहरूको पनि सम्झौता पुनरवलोकन गर्ने तयारी मन्त्रालयले गरेको जनाएको छ ।
तपाइँको प्रतिक्रीया