काठमाडौँ – आज नेकपा (माओवादी केन्द्र) ले देशभर नै वडा सम्मेलन गर्दैछ ।
माओवादीले ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि वडा सम्मेलन गर्ने भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ ।
तपाइँको प्रतिक्रीया