काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
आज बिहान प्रचण्डको निवास खुमलटार भएको भेटवार्तामा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको स्रोतले जनाएको छ । माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ । यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आएका छन् ।
स्रोतले अनुसार तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी उनीहरूबीच भएको छ ।
तपाइँको प्रतिक्रीया