२०८२ जेठ २८ मङ्गलबार

राशिफल

घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

काठमाडौँ – आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार सात सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार २०० कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार नौ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार दई सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ४६ डलर आसपास कारोबार भइरहेको छ ।